Logo
Logo

१३ दिनमा फिल्म ‘कबिर सिंह’ ले कमायो दुई सय करोड

बलिउड अभिनेता शाहिद कपूरको फिल्म ‘कबिर सिंह’ दुई सय करोड क्लबमा समावेश भएको छ । यो फिल्मले १३ दिनमा दुई सय करोड कलेक्सन गरेको हो ।

सलमान खानको भारत १४ दिनमा दुई सय करोड क्लबमा समावेश भएको थियो । शाहिदको फिल्म १३ दिनमै दुई सय करोड क्लबमा समावेश भएर नयाँ रेर्कड कायम गरेको छ । शाहिदको सोलो रुपमा सय करोड क्लबमा पुग्ने पहिलो फिल्म हो । तर, अहिले यो फिल्म दुई सय क्लबमा सामेल भइसकेको छ । अझ रोचक कुरा त यो फिल्मको कलेक्सन अझै पनि राम्रो भइरहेको छ । यो फिल्मले लाइफ टाइम कलेक्सनमा पनि नयाँ रेकर्ड कायम गर्न भारतिय फिल्मकर्मीको अनुमान रहेको छ ।

यो फिल्मले पहिलो हप्तामै १३४ करोड ४२ लाख कलेक्सन गरेको थियो । दोस्रो हप्ताको सोमबार ९ करोड ७ लाख, मंगलबार ८ करोड ३१ लाख र बुधबार ७ करोड ५३ लाख जम्मा गर्दै दुई सय करोड क्लबमा सामेल भएको छ । यो फिल्मले २०६ करोड ४८ लाख ग्रस कलेक्सन गरेको छ ।सन्दिप रेड्डीले निर्देशन गरेको फिल्ममा शाहिद कपूरसँगै कियारा आडवाणी, सुरेश ओबेराय, सोहम मजूमदार, अर्जुन बाजवा, कुणाल ठाकुर लगायत कलाकारको अभिनय रहेको छ । यो फिल्म तेलगु फिल्म ‘अर्जुन रेड्डी’को रिमेक हो ।

loading...
Please leave a comments
loading...