Logo
Logo

प्रभात यादवको स्वरमा रहेको हिन्दी गीत ‘क्या क्या’ सार्वजनिक

प्रभात यादवको स्वरमा रहेको हिन्दी गीत ‘क्या क्या’ सार्वजनिक भएको छ । बलराम मिश्रको शब्द रहेको गीत भिडियो सहित हाइलाईट्स नेपालको युट्युब च्यानलमा बिहीबार सार्वजनिक भएको हो । अनजान श्रेष्ठको सङ्गीत रहेको गीतको भिडियोमा पुकार गौतम, रोजी पन्त दीपा श्रेष्ठ र सन्दीप जो फिचर्ड छन् । अस्ट्रेलियाका विभिन्न ठाउँमा खिचिएको गीतको भिडियोलाई मनोज अधिकारीले निर्देशन गरेका हुन् भने भानु प्रताप र अमर रसाइलीले निर्माण गरेका हुन् । पछिल्लो समय कला र गला हुनेहरूले आफूलाई सहज हुने भाषा र शैलीमा आफूलाई प्रस्तुत गर्नेको सङ्ख्या बढ्दो छ । यसै बिच प्रभात यादवको ‘क्या क्या’ ले पनि गायकको कला र स्वरलाई न्याय गरेको छ । राज शर्माले खिचेको गीतको भिडियोलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका छन् ।

loading...
Please leave a comments
loading...