Logo
Logo

स्टार इन्टरनेशनल अवार्ड कतामा

कतारको प्रतिष्ठित अन्तराष्ट्रिय बहुराष्ट्रिय संस्था स्टार अफ किङ्गसबाट नेपाली कला संस्कृतिको जगेर्ना तथा  सांगीतिक स्रष्टाहरुलाई सम्मान गर्ने उद्देश्यले पहिलो पटक नेपाली कला र कलाकारहरुलाई अन्तराष्ट्रिय प्रर्वद्धन र विस्तार गर्ने हेतु सहित अगष्ट १२, २०१९ मा रिजेन्सी हल्स दोहा कतारमा ‘स्टार इन्टरनेशनल अवार्ड २०१९’ को आयोजना गर्ने भएको छ । २०७६ सालको जेठ मसान्तभित्र सार्वजनिक भएका गीतहरुले प्रतिस्पर्धा गर्न पाउने छन भने ईच्छुक स्रष्टा, सर्जकले असार ३१ गते सम्म फाराम भरी आवेदन दिन सकिने र श्रावण ४ गते होटल लि हिमालय (ग्याङ्गजोङ्ग),लाजिम्पाटमा उत्कृष्ट टप ३ लाई कतारी संस्थाका प्रतिनिधी तथा नेपालका विशिष्ट व्यक्तित्वबाट प्रमाण पत्र वितरण गरिने जानकारी आयोजकले दिएको छ ।

कतार, कुवेत, यु.ए.ई लगायत गल्फका देशहरुमा आफ्नो व्यापार व्यवसाय विस्तार गरि सयौँ नेपालीलाई रोजगारीको अवसर प्रदान गर्दै आएको र नेपाली कलाकारितालाई माया गर्ने संस्था स्टार अफ किङ्गसले नेपाली मनोरन्जन ईतिहासमा पहिलो पटक अवार्डका लागी टप ३ बाट छनौट भएका विजेता कलाकारलाई अन्तराष्ट्रिय अवार्ड वितरण गर्नुका साथै केहि विशिष्ट स्रष्टालाई सम्मान गर्न लागेको हो ।

लामो समयदेखि नेपालको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका कार्यक्रमहरु आयोजना गर्दै लोकप्रिय संचारमाध्यम समेत संचालन गर्दै आईरहेको  पेजेन्ट नेपाल तथा अरोमा इन्टरटेनमेन्टले संयोजन गरेको ऊक्त कार्यत्रममा करीब १५०० जना नेपाली, भारतीय तथा कतारी दर्शकको उपस्थितीमा नेपालका चर्चित कलाकारहरु आनन्द कार्की, सिताराम पोख्रेल  प्रकाश सपुत, निरु खड्का, जानुका प्याकुली, स्मृति पोख्रेल, थानेश्वर गौतम, शिलाष्मा हमाल, लगायतको मनोरन्जनात्मक कार्यक्रम समेत रहने छ ।

करीव २ वर्षको निरन्तरको मिहिनेत र अटुट सम्बन्ध विस्तारपछि एक ऐतिहासीक कार्यक्रम गर्ने उद्देश्यले लागी पर्दै गए पश्चात आज आएर हामीले यस महत्वपूर्ण कार्यक्रमको आयोजनामा समन्वय गर्ने महत्वपूर्ण अवसर प्राप्त गर्न पाउदा हामी निकै गौरवान्वित महशुस गरेका छौँ ।

प्रमुख अतिथी पूर्व प्रधानमन्त्री झलनाथ खनाल, विशेष अतिथीहरु वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, चलचित्र विकास वोर्डक अध्यक्ष केशव भट्टराई, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, वरिष्ठ गायक रामप्रसाद खनाल, वरिष्ठ गायिका ज्ञानु राणा, वरिष्ठ रचनाकार डा.कृष्णहरि बराल, वरिष्ठ कलाकारहरु किरण केसी, शिवहरि पौडेल, लगायत कतार आयोजकको तर्फबाट मुनीर कान्ठोठ लगायतको उपस्थितीमा नेपाल भरबाट छानीएका विभिन्न विधामा टप ३ मा पर्न सफल व्यक्तित्वहरुको सम्मान कार्यत्रम राखीएको छ ।

 

loading...
Please leave a comments
loading...