Logo
Logo

‘बेस्ट परफर्मर जुरी अवार्ड’ स्वस्तिमालाई

श्रीलङ्कामा आयोजित ‘दी सार्क फिल्म फेस्टिबल–२०१९’मा चलचित्र ‘बुलबुल’बाट अभिनेत्री स्वस्तिमा खड्काले अवार्ड जितेकी छिन् ।

स्वस्तिमाले आफूले ‘बेस्ट परफर्मर जुरी अवार्ड २०१९’ हात पारेको फेसबुकमा जानकारी दिएकी छिन् । स्वस्तिमाले अवार्ड पाएसंगै फेसबुकमा खुसी साटदै यो अवार्ड नेपालका लागि भएको बताएकी छिन् । साथै उनले आफूले जितेको अवार्ड ‘बुलुबल’ टिमलाई समर्पित गर्न चाहने उल्लेख गरेकी छन् । जुलाई २ देखि ७ सम्म भएको उक्त फिल्म फेष्टिबलमा सहभागी हुन स्वस्तिमा गत हप्ता श्रीलंका पुगेकी थिइन् ।

loading...
Please leave a comments
loading...