Logo
Logo

हरिहर अधिकारी ‘कबिर सिंह’को नेपाली भर्जनमा देखिने

‘कबिर सिंह’को भूमिकामा अझ भनौँ ‘अर्जुन रेड्डी’को भूमिकामा कुनै नेपाली कलाकारलाई देख्ने अवसर पाउनु भयो भने कुन अभिनेतालाई रोज्नुहुन्छ ? यति बेला बलिउडमा मात्र नभएर संसारभरका बलिउड प्रेमी दर्शकको अपार माया पाइरहेको साहिद कपुर अभिनीत चलचित्र ‘कबिर सिंह’ले बक्स अफिसमा धमाका मच्चाइरहेको छ । तेलेगु चलचित्र ‘अर्जुन रेड्डी’ को हिन्दी भर्जन बनेको कबिर सिंहको पुन: नेपाली भर्जन आउने भएको छ । ‘अर्जुन रेड्डी’ भद्रकाली पिक्चर्सको ब्यानरमा निर्माण भएको थियो र सोही ब्यानरसँग आधिकारिक रूपमा कपि राइट्स किनेर नेपाली रिमेकमा निर्माण हुने जानकारी बाहिरिएको छ । भद्रकाली पिक्चर्ससंग कपि राइट्स खरिद गरिसकिएको र मुख्य भूमिकामा ज्योतिष नायक हरिहर अधिकारी फाइनल भएको खुलेको छ ।

यसबारे हरिहरसँग कुरा गर्दा केही दिन पछि ‘अर्जुन रेड्डी’का तर्फबाट ब्यानरका प्रतिनिधि नेपाल आउने र औपचारिक कार्यक्रम आयोजना गरी सम्पूर्ण जानकारी सार्वजनिक गर्ने तयारी गरिरहेको बताएका छन् । साथमा आफूलाई अर्जुन रेड्डीको अवतारमा प्रस्तुत गर्न यति बेला हरिहर ज्यान बनाउने काम गरिरहेका छन् । नेपालमा बलिउडका चलचित्रबाट प्रभावित भएर चलचित्र बनाउनेको सङ्ख्या त नगण्य नै छन् तर कपी राइट्स नै किनेर निर्माण गर्न लागिएको बलिउडमा ब्लक्बस्टर साबित भएको ‘कबिर सिंह’लाई नेपाली निर्देशक कलाकार र सम्पूर्ण चलचित्र युनिटले न्याय गर्न सक्लान् कि नसक्लान् समयले बताउने छ । चलचित्र ‘शुभ लभ’बाट नेपाली रजतपटमा डेब्यु गरेका हरिहरले आफूलाई कुन उचाइमा पुर्याउनेहुन् उनको कामले देखाउनेछ ।

loading...
Please leave a comments
loading...