Logo
Logo

दिपाश्रीको आइटम डान्स चलचित्र ‘हजार जुनीसम्म’मा

आगामी श्रावण ३० गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘हजार जुनीसम्म’को प्रदर्शन मिति एक साता पछि सकेको छ । बउिडड चलचित्र ‘साहो’को कारण ‘हजार जुनीसम्म’को प्रदर्शन मिति पोस्टपोण्ड गरिएको हो । यसैबिच प्रदर्शनको तयारी गर्दै गर्दा चलचित्रको गीत ‘आज नगद भोलि उधारो’मा अभिनेत्री निर्माता निर्देशक दिपाश्रीले आइटम गीत मा कम्मर मर्काएको देख्न पाइने खबर बाहिरिएको छ । उक्त गीतमा दीपासँगै आर्यन सिग्देल तथा शिवहरि पौडेल र स्वस्तिमा खड्का पनि देख्न सकिने छ । गीतका केही तस्बिर सार्वजनिक भएका छन् । कविराज गहतराजले कोरियोग्राफी रहेको गीतलाई पुरुषोत्तम प्रधानले छायाङ्कन गरेका हुन् ।

गीतमा वसन्त सापकोटाको शब्द तथा सङ्गीत, प्रल्हाद तिमिल्सिना, मिना निरौला र दीपाश्रीको स्वर रहेको छ । विकास राज आचार्यको निर्देशनमा निर्माण भएको चलचित्रमा आर्यन सिग्देल, सञ्चिता लुइँटेल, शिवहरि पौड्याल, प्रियंका कार्की, सलोन बस्नेत, स्वस्तिमा खड्का, अखिलेस प्रधान, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय रहेको छ । विशाल चाम्लिङको कथा रहेको चलचित्रको पटकथा तथा संवाद निर्देशक आचार्य र सामिप्यराज तिमिसेनाले मिलेर लेखेका हुन् ।

चलचित्र ‘हजार जुनीसम्म’को गीतमा दिपाश्रीको आइटम डान्स

loading...
Please leave a comments
loading...