Logo
Logo

फिल्म ‘जजमेन्टल हे क्या’को ‘दि वराखा सङ्ग’ बोलको पहिलो गीत सार्वजनिक

बलिउड फिल्म ‘जजमेन्टल हे क्या’को ‘दि वराखा सङ्ग’ बोलको पहिलो गीत सार्वजनिक भएको छ । गीतमा कंगना रनावत र राजकुमार राव फिचर्ड छन् । यो गीतमा कंगना बोल्ड अवतारमा प्रस्तुत भएकी छिन् ।

नव इन्दर, लिसा मिश्रा र राजा कुमारीको स्वर रहेको गीतमा तनिष्क बागचीको शब्द तथा संगीत रहेको छ । यो गीतमा राजा कुमारीको र्याप छ । फिल्ममा कंगना र राजकुमारसँगै जिमी शेरेगल र अमायरा दस्तुरको पनि अभिनय रहेको छ । यो फिल्मको कहानी कनिका ढिल्लोले लेखेकी हुन् ।

प्रकाश कोभेलामुडीले निर्देशन गरेको फिल्ममा शोभा कपूर, एकता कपूर र शैलेष आर सिंहको लगानी रहेको छ । यो फिल्म २६ जुलाई देखि रिलिज हुँदैछ ।

loading...
Please leave a comments
loading...