Logo
Logo

वरिष्ठ सरोद वादक उस्ताद यसराज सुदर्शन राजोपाध्यायलालाई भारतको बेस्टिज अवार्ड प्रदान गरिने

वरिष्ठ सरोद वादक उस्ताद यसराज सुदर्शन राजोपाध्यायलाई भारतको बेस्टिज अवार्ड प्रदान गरिने वरिष्ठ सरोद वादक तथा संगितकार, गायक उस्ताद यसराज सुदर्शन राजोपाध्यायलार्इ भारतको बेस्टिज अवार्ड प्रदान गरिने भएको छ । भारतको आर वि फाउन्डेशन र भव्या इन्टरनेशनलले इन्डिएन बेस्टिज अवार्ड २०१९ वरिष्ठ सरोद वादक राजोपाध्यायलाई प्रदान गर्ने निर्णय गरेको हो ।

इन्डिएन बेस्टिज अवार्ड राजस्थानको जयपुरमा जुलाइ १४ तारिखमा हुने अन्तरराष्टिय कार्यक्रममा प्रदान गरिने आर वि फाउन्डेशनले जनाएको छ । अवार्ड वितरण कार्यक्रममा राजोपाध्यायको सरोद वादन कार्यक्रम पनि हुनेछ ।पुरस्कार ग्रहण गर्नको लागि जुलाइ १२ मा भारत जाने सरोदवादक राजोपाध्यायले बताउनु भयो । सरोद वादनमा तीन दशक भन्दा लामो समयदेखि अनवरत रूपमा लागेका राजोपाध्यायले रेडियो नेपालबाट सन् २००२ मा भएको जिल्लाव्यापी संगित प्रतियोगितमा प्रथम पुरस्कार पाउनु भएको थियो भने सन् २०१३ मा भारतको पश्चिम बंगाल सरकारबाट संगित मंजरी उपाधि पाउनु भएको थियो ।

त्यस्तै सन् २०१५ मा भारतको गुजरातमा सुरिल साँझको तर्फबाट स्वर्णपत्र पाउनु भएको थियो । त्यस्तै नेपालमा शास्त्र सम्मान २०१८, सेभ दी नेशन अवार्ड लगायतका थुप्रै पुरस्कार तथा सम्मानबाट सम्मानित हुन भएको छ । सरोदबादन बाहेक उहाँका नेपाली , नेपालभाषा तथा जापानी भाषाका गीत संगितका बाहेक क्यासेट एवमं सिडिहरू निस्केका छन् ।

loading...
Please leave a comments
loading...