Logo
Logo

चलचित्र ‘झिङ्गेदाउ’मा केकी अधिकारी डेब्यु गर्दै

ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्न लागेको चलचित्र ‘झिङ्गेदाउ’मा मुकुन भुसालका साथमा अभिनेत्री केकी अधिकारी फाइनल भएकी छिन् । चलचित्र ‘बुलबुल’बाट डेब्यु गरेका मुकुन पहिल्यै चलचित्रमा अनुबन्धित भैसकेका थिए भने केकीले केही दिन अगाडी साइन गरेको बताइएको छ । निर्देशक देउजाका अनुसार चलचित्रको कथाले गहिरो अभिनय गर्न सक्ने कलाकार माग गरेकाले केकीलाई लिइएको हो । साहित्यकार भीमनिधि तिवारीको आख्यानमा आधारित भएर निर्माण हुने चलचित्र सिन्धुली, खोटाङ, दोलखा र काठमाडौँमा खिचिने गरी भदौदेखि छायाङ्कनमा जानेछ । निर्देशक देउजाकै निर्माणमा बन्ने चलचित्रमा प्रदीप भारद्वाजको पटकथा,संवाद रहनेछ ।

loading...
Please leave a comments
loading...