Logo
Logo

‘म यस्तो गीत गाउँछु २’मा पल र पुजाकै जाेडी दोहोरिदै

चलचित्र ‘म यस्तो गीत गाउँछु’ को प्रदर्शन लगत्तै निर्माण पक्षले दोस्रो शृङ्खलाको निर्माणको घोषणा गरेका थिए । बिचमा अन्य चलचित्रलाई प्राथमिकता दिए पछि २ वर्षसम्म चलचित्रको बन्ने कुरा त्यसै सेलाएको थियो । तर अहिले ‘म यस्तो गीत गाउँछु’ को दोस्रो शृङ्खला बन्ने निश्चित भइसकेको छ । ‘म यस्तो गीत गाउँछु’मा पल शाह र पूजा शर्माको जोडीलाई दर्शकले निकै रुचाएका थिए । निर्देशक सुदर्शन थापाले चलचित्रको सिक्वेलमा पनि यही जोडिलाई लिने वा विकल्प खोज्ने भन्नेमा अन्योलमा भएको बताएका थिए । तर अहिले आएर चलचित्रमा उही पुरानै जोडी पल शाह र पूजा शर्मा दोहोरिने भएका छन् । ‘म यस्तो गीत गाउँछु’ रिलिज पश्चात् निर्माण टिम र पल शाहको सम्बन्ध चिसिएको चर्चा सिनेनगरीमा व्याप्त थियो । तर यो खबर सँगै हल्ला हल्लामै सीमित भएको छ । मंगलबार बिहान चलचित्रको मनकामनामा शुभ मुहूर्त गरिएको छ । मुहूर्त समारोहमा निर्देशक थापा, अभिनेत्री शर्मा र अभिनेता पल उपस्थिति थिए ।दशैंपछि फिल्मको छायांकन सुरु हुने बताइएको छ । पूजा र पलबाहेक फिल्ममा अरु कलाकार फाइनल नभएको निर्देशक सुदर्शन थापाले जानकारी दिएका छन् । आउँदो फागुन २३ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छ ।

loading...
Please leave a comments
loading...