Logo
Logo

सागर आलेको ‘भावनाको पत्र’ सार्वजनिक

नेपाल आइडलबाट चर्चामा आएका सुरिलो स्वरका धनी सागर आले गीत ‘भावनाको पत्र’ लिएर आएका छन् । फराज अर्पणको शब्द तथा सङ्गीत रहेको गीतलाई ‘वान् साइड लभ स्टोरी’को उपनाम दिइएको छ । बिजेश्वर तन्दुकरले सङ्गीत संयोजन गरेको गीतमा राजेश्वर तन्दुकरले मिसिङ्ग गरेका छन् । सागर आलेको आफ्नै युट्युब च्यानलमा रिलिज गरिएको गीतको भिडियोमा गायक आले र फराज अर्पण फिचर्ड छन् । भिडियोलाई फराज अर्पणले निर्देशन गरेका हुन भने विशाल थापाले खिचेका हुन् । बैँसमा आफ्नी प्रेमिकालाई पठाएको प्रेम पत्रको जवाफ उमेर ढल्कँदै गर्दा पनि न आइपुगेको भाव गीत ले बोकेको छ । गीत निकै मार्मिक र मिठो बनेको छ ।

loading...
Please leave a comments
loading...