Logo
Logo

चलचित्र साहोको ‘साइको सैयाँ’ सार्वजनिक

तामिल, तलेगु, मलयालम र हिन्दी भाषामा एकसाथ प्रदर्शनमा आउने चलचित्र ‘साहो’को पहिलो गीत ‘साइको सैयाँ’ सार्वजनिक भएको छ । १५ अगस्तमा रिलिज हुने ‘साहो’ प्रभासको बाहुबली सिरिज पश्चात् पहिलो चलचित्र हो । चलचित्रमा प्रभास र श्रद्धा कपुर मुख्य भूमिकामा छन् । सार्वजनिक गीतमा प्रभास र श्रद्धा कपुरलाई फिचर्ड गरिएको छ भने ध्वनि भानुशाली र सचेत टण्डनको स्वर रहेको छ । गीतमा तनिश्क बाग्चीको सङ्गीत रहेको छ । आइतबार इन्टरनेटमा सार्वजनिक गरिएको गीत लाई ३२ लाख बढिले हेरिसकेका छन् भने दर्शकले रुचाइरहेका छन् । श्रद्धा र प्रभासको केमेस्ट्री लाई दर्शकले मन पराएका छन् ।  बलिउडको सबैभन्दा ठुलो ‘एक्सन इन्टरटेनर’ भनिएको चलचित्र अक्षय कुमारको ‘२.०’ पछि भारतकै दोस्रो सर्वाधिक महँगो चलचित्र भनिएको छ । ‘साहो’मा ज्याकी श्रोफ, नील नीतिन मुकेश, चंकी पाण्डे लगायतको अभिनय रहेको छ ।

loading...
Please leave a comments
loading...