Logo
Logo

चलचित्र ‘गीत गजल’ असोज २४ मा देशभरका हलहरूमा

चलचित्र ‘गीत गजल’ले रिलिज मिति घोषणा गरेको छ । नितीन चन्दको निर्देशनमा निर्माण भएको चलचित्र असोज २४ मा देशभरका हलहरूमा प्रदर्शनमा आउने भएको छ । गीत गजललाई आरोहण छेत्रीले निर्माण गरेका हुन् भने रूप पोख्रेल र आरोही सिंह मुख्य भूमिकामा देखिनेछन् । चलचित्र निर्माण पक्षले केही दिनमा गीत गजलको पहिलो अफिसियल गीत ‘छ कि छैन तिमी लाई थाहा’ सार्वजनिक गर्ने तयारी गरिरहेको छ । जसमा सुरेश लामा र अन्जु पन्तको स्वर रहने छ ।

loading...
Please leave a comments
loading...