‘सुपर ३०’को पहिलो विकेन्डको कमाइ कमायो ५० करोड
ऋतिक रोशन स्टारर चलचित्र ‘सुपर ३०’ले पहिलो विकेन्डमा ५० करोड भन्दा बढी कमाइ गर्न सफल भएको छ । बलिउड ट्रेड एनालिस्ट तरन आदर्शका अनुसार शुक्रवार रिलिज भएको चलचित्रले पहिलो दिन ११.८३ करोड कमाएको थियो । दोस्रो र तेस्रो दिन व्यापारको गति निकै नै बढ्यो जस अनुरूप शनिवार करिब १८.१९ करोड कमायो भने आइतबार २०.७४ करोडको व्यापार गर्यो । योसँगै घरेलु बक्स अफिसमा ५०.७४ करोड कमाइ गर्यो ।
विहारमा गरिब विद्यार्थीलाई बिना पैसा ट्युसन पढाएका गणितिज्ञ आनन्द कुमार को जीवनमा आधारित ‘सुपर ३०’ मा ऋतिकका अलावा मृनाल ठाकुर, पंकज त्रिपाठी, वीरेन्द्र सक्सेना, नन्दीश संधू, जोनी लीवर लगायतको भूमिका रहेको छ ।