Logo
Logo

गायक सुमन कुमार श्रेष्ठको ‘जिस्काउँथे म, उ दङ्ग पर्थी…’को अडियो तथा भिडियो सार्वजनिक

युवा व्यवसायी सुमधुर स्वरका धनी गायक सुमन कुमार श्रेष्ठको एकल गीतिएल्बम ‘विहानी ४’ को अडियो तथा भिडियो सार्वजनिक गरिएको छ । विन्धवाशिनी म्युजिक र बिन्दु हार्डवेयरको संयुक्त आयोजनामा काठमाडौँको नयाँ वानेश्वरस्थित इन्द्रणी वैंक्युटको हलमा एक कार्यक्रमका बीच शनिवार विमोचन गरिएको हो ।

बरिष्ठ गीतकार दिनेश अधिकारीको शब्द एवम् बरिष्ठ सङ्गीतकार दीपक जंगमको सङ्गीत रहेको ‘जिस्काउथे म, उ दङ्ग पर्थी..’ बोलको गीतमा सुमन कुमार श्रेष्ठको एकल स्वर रहेको छ ।

दीनेश डिसीको निर्देशन रहेको उक्त गीतको भिडियोमा गायक श्रेष्ठसहित केकी अधिकारी, महेश खड्का, दीनेश डिसी, विनोद परियार, अनुरोध अधिकारीको अभिनय रहेको छ ।

loading...
Please leave a comments
loading...