Logo
Logo

चलचित्र ‘सुपर गोर्खे’ साउन १० गतेबाट प्रदर्शनमा आउदै

ऋचा सिंह ठकुरीको निर्माण एवम् अभिनय रहेको चलचित्र ‘सुपर गोर्खे’ साउन १० गतेबाट प्रदर्शनमा आउने भएको छ । अघिल्लो वर्ष नै निर्माण सम्पन्न भएर पटक पटक रिलिज मिति तोक्दै पछि हटेको यस चलचित्र ‘नाई नभन्नु ल’ बाट सुखद डेब्यू गरेकी अभिनेत्री ऋचा सिंह ठकुरी को विवाहपछिको कम्ब्याक हो । दर्जन भन्दा बढी चलचित्रमा काम गरिसक्दा पनि ऋचाले आफूलाई प्रमाणित गर्ने चलचित्र दिन सकेकी थिइनन् । उसो त विवाहपछी करीयरमा केही ब्रेक लागेको थियो । यसैबिच उनका श्रीमान् राज थापा (गजेन्द्र)को निर्देशनमा ऋचाको निर्माण र मुख्य भूमिकामा सुपर गोर्खे निर्माण भएको हो ।

चलचित्रमा ऋचाका साथमा , सुरज सिंह ठकुरी, निराजन लुइँटेल, भूपेन्द्र क्षेत्र, भानु विष्ट, सचिन केसी, उत्तम विष्ट, मनोज राई लगायत कलाकारको अभिनय रहेको छ । ईश्वरी सिंह ठकुरी, रामकृष्ण, सुदिपजंग थापाको लगानी रहेको छ । सौरभ लामाले छायाङ्कन गरेको चलचित्रलाई बनिष शाह र सालिक दुलालले सम्पादन गरेका हुन् । निर्मात्री ऋचाले अब साउन १० गतेबाट चलचित्र कुनै हालतमा पनि प्रदर्शनमा आउने दाबी गरेकी छन् ।

loading...
Please leave a comments
loading...