Logo
Logo

साधना म्युजिक अवार्ड २०७६ साउन ६ गते हुँदै

साधना म्युजिक अवार्ड २०७६ साउन ६ गते सोमबार हुने भएको छ । सामना म्युजिक क्रियशनको आयोजनामा पहिलोपटक हुन गइरहेको साधना म्युजिक अवार्ड २०७६ मा नेपाल सरकारका खानेपानी मन्त्री मा.विना मगरको प्रमुख आतिथ्यता रहने आयोजक संस्थाको अध्यक्ष सामना शाहले जनकारी गराइन ।

उक्त अवार्ड समारोहमा प्रतिष्ठित गायिका तीर्थकुमारी थापालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ । प्रतिष्ठित गायिका थापालाई नगद राशिसहित लाइफटाइम अचिभमेन्ट अवार्ड अर्पण गर्न लागिएको अवार्डका सदस्य सचिव गोकर्ण लामिछानेद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा जनाइएको छ । साथै अवार्डमा नेपाली गीतसङ्गीत क्षेत्रमा विशेष योगदान दिएका विशिष्ट कला साधकलाई ‘साधना विशेष सम्मान’ प्रदान गरिने भएको छ ।

त्यसैगरी गीतसङ्गीत क्षेत्रमा लामो समयदेखि क्रियाशील रहँदै आएका म्युजिक खबरका सम्पादक सविता पोखरेल, राष्ट्रखबरका पत्रकार राज लुइँटेल र रेडियो नेपालका सञ्चारकर्मी क्षितिज समर्पणलाई ‘साधना सङ्गीत पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ ।

राष्ट्रिय सभागृह भृकुटीमण्डमा हुने कार्यक्रममा लोक, आधुनिक, राष्ट्रिय भाव, चलचित्रलगायतका नेपाली गीतसङ्गीतका विविध ३८ विधामा अवार्ड प्रदान गरिने सदस्य सचिव लामिछानेले जानकारी दिए ।

loading...
Please leave a comments
loading...