Logo
Logo

सरोद वादक तथां संगितकार उस्ताद यसराज सुदर्शन राजोपाध्यायलाई भारतको राजस्थानमा सम्मानित

नेपालका वरिष्ठ सरोद वादक तथ ागायकउस्ताद यसराज सुदर्शन राजोपाध्यायलाई भारतको राजस्थानमा सम्मान गरिएको छ । आइतबार जुलाइ १४ तारिखका दिन राजस्थान स्थित जयपुर जगतपुरामा रहेको सुरेश ज्ञान विहार विश्वविद्यालयमा भएको अन्तरराष्टिय मैत्री सम्मेलनमा कलाकार राजोपाध्यायलाई इन्टरनेशनल इन्डिएन बेस्टिज अवार्ड २०१९ प्रदान गरिएको हो ।

आर वि फाउन्डेशनरभव्या इन्टरनेशनलको आयोजना तथा कलमकार मंचको संयोजनमा भएको मैत्री सम्मेलनमा राजोपाध्यायलाई मुंवईका समाजसेवी एवमंं व्यवसायी सुरेश अग्रवालले बेस्टिज अर्वाड प्रदानगर्नु भएको हो । असमका सामाजिक अभियन्ता शंकरलाल अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा सुरेश ज्ञान विहार विश्वविद्यालयका अध्यक्ष सुनीलशर्मा, कलमकार मंचका संस्थापक शैलेन्द्र माथुर,मंचकानिर्देशक डा निशामाथुर लगायतको सहभागिता थियो ।

नेपाल सहित भारत, मालदिभ्स, क्यानाडा लगायतका देशबाट पनि सहभागीता रहेको मैत्री सम्मेलनमा राजोपाध्यायका ेविशेष सरोद वादन प्रस्तुति सहित साहित्यिक किताबहरुको विमोचन लगायतको कार्यक्रम भएको थियो ।


३ दशक अघि देखि संगित साधनामा लागेका सरोदवादक राजोपाध्यायलाई यसभन्दा अघि सन् २०१३ माभारतको पश्चिमबंगाल सरकारबाट संगितमंजरी उपाधिप्रदान गरिएको थियो भने सन् २०१५ मागुजरातमा सुरिल साँझका तर्फबाट स्वर्ण पत्र प्रदान गरिएको थियो । नेपालको सन्दर्भमा उहाँले रेडियो नेपालबाटं सन् २००२ मा भएकोजिल्लाव्यापी संगित प्रतियोगितमा प्रथम पुरस्कार पाउनु भएको थियो भनेशास्त्र सम्मान २०१८, सेभ दी नेशन अवार्र्ड लगायतका पुरस्कार तथा सम्मानपाउनु भएको छ ।

सरोदवादन बाहेक उहाँका नेपालीमा पलपल,पानीसरी , त्यो रात, नेपालभाषामा नसला, हसना, छन्हुनिन्हू, छगू मतिना, शास्त्रीय संगित तर्फ वनडेरागाज,सोलफूलम्यूजिक फर मेडिटेशन , भारतबाट सुरिल म्यूजिकइन २०१५ लगायतका सिडि, क्यासेट प्रकाशित भएका छन् ।

 

loading...
Please leave a comments
loading...