Logo
Logo

रणवीर कपुर र दीपिका पादुकोणा फेरी एक पटक एउटै चलचित्रमा देखिदै

कुनै समय एक अर्काको गहिरो प्रेममा परेका रणवीर कपुर र दीपिका पादुकोणा फेरी एक पटक एउटै चलचित्रमा देखिने भएका छन् । लुभ रञ्जनको निर्देशनमा बन्न लागेको एक्सन जनराको चलचित्रमा उनीहरू एकसाथ देखिन लागेका हुन् । जसमा रणवीर कपुर र अजय देवगण मुख्य भूमिकामा रहेका छन् । चलचित्र ‘राजनीति’मा सँगै काम गरेका उनीहरू पुनः स्क्रिन साझेदारी गर्दै छन् ।अजय र रणवीर लामो समयदेखि चलचित्रमा अनुबन्धित भए पनि अहिलेसम्म नायिकाको भने टुङ्गो लागेको थिएन । यति बेला नायिकाद्वय दीपिका पादुकोण र नुश्रात भरुषा पक्का भएका छन् र उनीहरूले सम्झौता पनि गरिसकेको बताइएको छ । यस वर्षको अन्त्यबाट छायाङ्कनमा जाने यो चलचित्रले सन् २०२० को क्रिशमसलाई आफ्नो रिलिज टार्गेट बनाएको छ ।

loading...
Please leave a comments
loading...