Logo
Logo

भारतीय चर्चित राष्ट्रिय मिडिया ‘आज तक’मा राजेश हमाल

नेपाली फिल्म इन्डस्ट्रीमा राजेश हमाल निकै पुरानो र लोक प्रिय नाम हो । नेपाली चलचित्रको विकास र आजसम्म आइपुग्दाको अवस्थामा कतै पनि नछुट्ने अनि आजसम्म पनि उत्तिकै सम्मान दिइने राजेश हमाललाई भारतीय चर्चित राष्ट्रिय मिडिया ‘आज तक’ले बलिउडका अमिताभ बच्चनसँग दाँजेको छ । राजेशको फिल्मी कारीय र व्यक्तिगत जीवन तथा पारिवारिक जीवन समेट्दै ‘आज तक’को अनलाइन संकरणमा लेखिएको छ–‘नेपाली चलचित्रमा अमिताभ बच्चनको रूपमा चिनिने नायक राजेश हमाल भारतीय दर्शकका लागि नौलो हुन सक्छन् । तर, उनको लोकप्रियता नेपालमा भने निकै छ, जसलेगर्दा उनलाई ‘महानायक’को उपाधि समेत दिइएको छ । ५५ वर्षका राजेशको पहिचान नेपालमा भारतमा अमिताभ बच्चन र साहरुख खानको जस्तै छ ।’ हमालको तस्बिरहरू राख्दै उनको वैवाहिक जीवन र पारिवारिक जीवनलाई समेत उल्लेख गरेको छ ।

साथमा फिल्ममा आउनका लागि उनले परिवारको निकै विरोध सहनु परेको, पिताले कहिले उनलाई अभिनयका लागि सहमति नदिएको र उनले आफ्नो पिताको अन्तिम संस्कारमा परम्परालाई नमान्दै आफ्नो शिर समेत मुण्डन नगरेको कुरा विस्तृत रूपमा लेखेको छ । चर्चित रियालिटी सो ‘को बन्छ करोडपति’ समेत सञ्चालन गरेको उल्लेख गर्दै आफू भन्दा २२ वर्ष कान्छी मधु भट्टराईसँग बिहे गरेको र उनीहरूको प्रेम सम्बन्धको बारेमा पनि उल्लेख गरेको छ । नेपाली कलाकारलाई बलिउडमा सम्मान नदिने र विशेष रूपमा नलिने भन्ने गुनासो नेपाली कलाकारमाझ उठ्ने गरेको छ । यसै बिच नेपालका महानायकको जीवन र फिल्मी यात्रालाई समेटेर लेखिनु र बलिउडका सुपर स्टारसँग दाँज्नु सकारात्मक लिन सकिन्छ ।

loading...
Please leave a comments
loading...