Logo
Logo

नेपाली बजारमा नयाँ इलेक्ट्रिक कार निरो ईभी

नेपाली बजारमा नयाँ इलेक्ट्रिक कार निरो ईभी आइपुगेको छ । किया मोटर्सले उत्पादन गरेको यो कारमा ६४ किलोवाट क्षमताको ब्याट्री प्याक जडान गरिएको छ । यसमा भएको १ सय ५० किलोवाटको इलेक्ट्रिक मोटरले २ सय १ बीएचपी पावर तथा ३ सय ९५ एनएम टर्क उत्पादन गर्छ ।

यो कारले ७ दशमलव ८ सेकेन्डमा शून्यबाट १ सय किलोमिटरको गति तय गर्न सक्ने कम्पनीको दाबी छ ।

अगाडिको ग्रिलमा कम्बाइन चार्जिङ सिस्टम दिइएको यो कारलाई डिसी फास्टचार्जरबाट ८० प्रतिशत चार्ज गर्न ७५ मिनेट लाग्छ । एक पटकको फुलचार्जमा यो गाडीले ४ सय ८० किलोमिटर माइलेज दिन्छ ।

कुनै इलेक्ट्रिक कारले यति धेरै माइलेज दिनु निकै राम्रो मानिन्छ । निरो ईभीको मूल्य ६६ लाख ९० हजार रुपैयाँ छ ।

 

loading...
Please leave a comments
loading...