Logo
Logo

चलचित्र ‘षडकोण’ निर्माण हुँदै

चलचित्र ‘षडकोण’ निर्माण हुने भएको छ । मिलन डी काप्रीको निर्देशनमा बन्ने चलचित्र मनोवैज्ञानिक रहस्य विधामा आधारित हुने आइतबार एक कार्यक्रमबिच जानकारी दिइयो । चलचित्रमा शिशिर वनेमको कथा पटकथा रहनेछ । चलचित्रमा कर्मा, भोलाराज सापकोटा, लोकेन्द्र लेखक लगायत कलाकारको भूमिका रहनेछ भने मुख्य नायिकाको खोजी भइरहेको निर्देशक काप्रीले बताए । चलचित्र भदौ १८ गतेबाट फ्लोरमा जानेछ । कर्माले चलचित्रमा एक मर्डरको अनुसन्धान गरिरहेको पत्रकारको भूमिका निर्वाह गरेको बताएका छन् ।

‘षडकोण’लाई आङछेन लामाले छायाङ्कन गर्नेछन् भने  भिमफेदी र काठमाडौँमा छायाङ्कन हुनेछ । क्लेमेन्टाइन प्रोडक्सन प्रा.लि.ले निर्माण गर्नेछ ।  काप्रीको यो डेब्यु निर्देशन हो उनका अनुसार चलचित्र रहस्यमय मर्डरको कथामा आधारित हुनेछ ।

loading...
Please leave a comments
loading...