Logo
Logo

चलचित्र ‘म’ निर्माण हुँदै

परिच्छेद सेनको निर्देशनमा चलचित्र ‘म’ बन्ने भएको छ । कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्ने चलचित्रको सोमबार राजधानीमा एक कार्यक्रमका आयोजना गरी औपचारिक घोषणा गरियो। चलचित्रका विभिन्न विषय र विधाहरूको अध्यापन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले पहिलो पटक चलचित्र निर्माण गर्न लागेको ।

विजय लामा, सरिता लामिछाने, रेवती क्षेत्री, कुसुम गुरुङ, रेविका गुरुङ अनिल कँडेल, सन्जोग रसाइलीको मुख्य भूमिका रहने चलचित्रले हरेक व्यक्तिको कथा भन्ने निर्देशक सेनले बताएका छन् ।

साथमा बाल कलाकारको रूपमा उनव श्रेष्ठ र सम्पन्न ढकालले अभिनय गर्ने छन् । ‘म’ मा प्रकाश पुरीको कथा रहने छ भने कलाकारदेखि निर्देशक लगायत टिम एकेडेमीमा नै अध्ययन गर्ने विद्यार्थी हुन् । चलचित्रलाई तेन्जिन पाल्देनले छायाङ्कन गर्नेछन् ।

loading...
Please leave a comments
loading...