Logo
Logo

चलचित्र ‘मारुनी’को ट्रेलर सार्वजनिक

चलचित्र ‘मारुनी’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा एक कार्यक्रम गर्दै नवल नेपाल निर्देशित चलचित्र ‘मारुनी’को ट्रेलर सार्वजनिक गरिएको हो ।

सार्वजनिक ट्रेलरमा चलचित्रमा मुख्य कलाकार अभिनेता पुष्प खड्का, अभिनेत्री साम्राज्ञी आरएल शाह र नवअभिनेत्री रेविका गुरुङ फिचर्ड छन् । यी तीनको प्रेम, रोमान्स र बदलाको कथालाई ट्रेलरमा उतारिएको छ । ट्रेलर साहिल खानले तयार पारेका हुन् ।

भदौं १३ गतेदेखि प्रदर्शनमा आउने चलचित्रमा पुष्प, साम्राज्ञी र रेविकाका अलावा आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेडाइँ, विनोद भट्टराई, सुशील क्षेत्रीलगायतको पनि अभिनय रहेको छ ।

चलचित्रमा निर्देशक नवल र गोविन्द फूयाँलको लेखन छ । दीपक बज्राचार्य, अर्जुन पोखरेल र कृष्ण काफ्लेको सङ्गीत रहेको चलचित्रका गीतमा प्रविन सिंह, बिक्रम लामा र एञ्जिला खत्रीको कोरियोग्राफी छ ।

संजय लामाको छायाँकन रहेको चलचित्रमा मित्र डी गुरुङको सम्पादन छ । पूनम ईन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई पूनम गौतमले निर्माण गरेकी हुन् ।

loading...
Please leave a comments
loading...