Logo
Logo

‘नेक्स्ट सुपर टप्स मोडल नेपाल–२०१९’को उपाधि सरोज र विपनालाई

सरोज खड्का र विपना थापाले मोडल सङ्स नेपालले आयोजना गरेको ‘नेक्स्ट सुपर टप्स मोडल नेपाल–२०१९’को उपाधि जितेका छन् । खड्का र थापाले क्रमश पुरुष र महिला तर्फको उपाधि जितेका हुन् ।

खड्काले ताजसँगै मस्ट हेन्समको अवार्ड जिते । त्यसैगरी, थापाले ताजसँगै मस्ट ब्युटिफुल, मिस फोटोजेनिक र बेस्ट वाकको उपाधि हात पारिन् । उपाधिसँगै विजेताले विभिन्न गिफ्ट ह्याम्पर समेत पाए ।

यस्तै उक्त प्रतियोगितामा राहुल चौधरी र मौषमी शाह क्रमशः पुरुष र महिलातर्फ फष्ट रनरअप बने । राहुलले मिस्टर फेसन आईकन हात पार्दा मौषमीले बेस्ट स्माईल, बेस्ट फिगर र मस्ट गर्जियसको अवार्ड पनि हात पारिन् ।

प्रमिता राजघटानीले ‘अडियन्स चोईस’को उपाधिसँगै मिस कन्जिनियालिटी को उपाधि हात पार्दा सुजन बस्नेत मस्ट ट्यालेन्ट र बेस्ट फिजिक घोषित भए । आदित्य बिक्रम राणा मिस्टर फोटोजेनिक तथा बेस्ट वाक हुँदा अनामिका खत्री बेस्ट एटिच्युड र राकेश बकुन्छे मस्ट एक्टिभ घोषित भए ।
त्यस्तै, स्तुति पोखरेल मिस फेसन आईकन, स्मृति महतो बेस्ट स्माईल, अर्जुन न्यौपाने मस्ट डिसिप्लिन, सन्दिप दङ्गालले बेस्ट स्माईल अवार्ड आफ्नो पोल्टामा पार्न सफल भए ।

नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठको प्रमुख आतिथ्यता सम्पन्न भएको कार्यक्रममा नायक शितल केसी, प्लस साईज मोडल सुजाता काफ्ले शाह, नायकरमोडल ईश्वर बल्लव उप्रेती, बरिष्ठ गितकार लोक राज अधिकारी र कलाकार सुष्मा कार्कीको निर्णायक समिति रहेको थियो ।

loading...
Please leave a comments
loading...