Logo
Logo

चलचित्र ‘हल्कारा’को पोस्टर सार्वजनिक

कुनै कुनै नेपाली चलचित्र कुनै औपचारिक निर्माण घोषणा वा बजारमा हल्ला नपिटी सुटुक्क निर्माण गरिन्छन् । ती चलचित्र बजारले माग्ने वा भनूँ बजारको लहर भन्दा अलि पर रहेर निर्माण हुन्छन् किनकि उनीहरूलाई ती चलचित्र हलमा प्रदर्शन गरेर लगानी उठाउनु ठुलो कुरा लाग्दैन । अथवा हुन सक्छ तामझामका साथ खर्च पिटाएर निर्माण घोषणा देखी कलाकार छनौट जस्ता कामको लागी कार्यक्रम आयोजना गरिनु भन्दा रिलिज मिति नजिकिँदै जाँदा बजारमा निस्किने तयारी पनि हुन सक्छ । यस्तै सुटुक्क छायाङ्कन लगायत काम सक्काएको चलचित्र ‘हल्कारा’ले फस्टलुक पोस्टर सार्वजनिक गरेको छ । विक्रम सापकोटाले निर्देशन गरेको चलचित्रको पोस्टर निकै सरल र बिम्बले पूर्ण छ ।

चलचित्रको प्रदर्शन मिति बारे वितरकसँग कुरा भइरहेको निर्देशक सापकोटाले बताएका छन् । सोसल ड्रामामा निर्माण भएको ‘हल्कारा’ले एक बेरोजगार गाउँको कथा वाचन गरेको छ । साथमा दुर्गम गाउँहरूमा चिठ्ठी पुर्‍याउने एक युवक वरिपरि कथा घुम्ने छ । चलचित्रको कथा निर्देशक सापकोटाकै रहेको छ भने महेश त्रिपाठी, विनिता थापामगर, उमेश तामाङ, दीपक क्षेत्री, पशुपति राईलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

loading...
Please leave a comments
loading...