Logo
Logo

चलचित्र ‘लभ यु हमेसा’ले भिडियो प्रतियोगिता आयोजना गर्दै

भास्कर प्रधानको निर्देशनमा बनेको चलचित्र ‘लभ यु हमेसा’ले भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रेमी वा वैवाहिक बन्धनमा बाँचिएका जोडिले ‘प्रेम प्रस्ताव राखेको भिडियो’ बनाएर पठाउन सक्नेछन् । चलचित्रको नाम लेखेर भिडियो ‘लभ यु हमेसा’को फेसबुक पेजमा पोस्ट गर्नुपर्नेछ। दर्शकबाट प्राप्त भिडियोमध्ये जुनमा लाइक र कमेन्ट धेरै आउँछ, सोही भिडियोलाई विजेता बनाउने निर्माण टिमले बताएको छ । विजेतालाई तीन दिन चार रातको दार्जिलिङ भ्रमण प्याकेज, रेड कार्पेट प्रिमियर तथा कलाकारसँग भेटघाट गर्ने अवसर दिइनेछ ।

लभ स्टोरी जनरामा निर्माण भएको चलचित्र आगामी भदौ २७ बाट प्रदर्शनमा आउनेछ भने विजेताको नाम भदौ २१ मा घोषणा गरिनेछ । चलचित्रमा यशराज गरच, ऋचा थापा, फिजा योञ्जन, गोपाल ढकाल, करुणा श्रेष्ठ, नीराजन मेहता, पिटी योल्मा, प्रमिला राई, सल्देन तामाङ लगायतका कलाकारको अभिनय छ ।

loading...
Please leave a comments
loading...