Logo
Logo

प्रताप दासको नयाँ गीत ‘सुस्तरी सुस्तरी’ सार्वजनिक

नेपाल आइडलका प्रताप दासको नयाँ गीत ‘सुस्तरी सुस्तरी’ सार्वजनिक भएको छ । सरोज पोख्रेलको शब्द तथा सङ्गीत रहेको गीतको भिडियो सहित युट्युबमा सार्वजनिक भएको हो । एस.आर.सी फिल्म्सको प्रस्तुति सार्वजनिक गीतको भिडियोमा प्रकाश तिमल्सिना र भूमिका केसी फिचर्ड छन् । सङ्कल्प भुजेलको छायाङ्कन रहेको भिडियोलाई साजन कट्टेलले निर्देशन गरेका हुन् भने चन्दन दत्तले सम्पादन गरेका हुन् । यसै गरी म्युजिक भिडियोलाई एस चौलागाईले निर्माण गरेका हुन् । गीतले प्रेममा परेका एक जोडीको लागी एक अर्काको उपस्थिति कति महत्त्वपूर्ण हुन्छ भन्ने देखाइएको छ ।

 

loading...
Please leave a comments
loading...