Logo
Logo

दीपक लिम्बुको स्वर रहेको गीत ‘बाँच्नु जति’ सार्वजनिक

दीपक लिम्बुको स्वर रहेको गीत ‘बाँच्नु जति’ सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो सहित इन्टरनेटमा सार्वजनिक गरिएको हो । विकास चौधरीको सङ्गीत रहेको गीतमा सुवास जमरकट्टेलको शब्द रहेको छ । वास्तविक कथामा तयार पारिएको भनिएको गीतको भिडियोलाई विज्ञान राईको निर्देशन गरेका हुन् । गीतको भिडियोमा साहिल खान र सायसा फिचर्ड छन् । नवराज उप्रेतीको छायाङ्कन रहेको भिडियोलाई साहिल खानले नै सम्पादन गरेका हुन ।

गीतमा जीवन कति अमूल्य छ त मृत्युलाई कसरी जित्न सकिन्छ देखाइएको छ । दुर्घटनामा अपाङ्ग भएर बाँच्ने आशा गुमाएका व्यक्ति जसलाई साथ ऊर्जा र हौसलाले कसरी बाँच्ने नयाँ जीवन दिन्छ भन्ने सन्देश बोकेको छ ।

loading...
Please leave a comments
loading...