Logo
Logo

‘झ्याम पुतली’ बोलको हिपहप गीत सार्वजनिक

सुनिल थापा नेपाली चलचित्र क्षेत्रमा निकै सम्मानजनक नाम हो उनको अभिनयलाई मन नपराउने नेपाली दर्शक कमै होलान् । बलिउडमा समेत आफ्नो अभिनयाँले मन जितेका उनै सुनिल थापा उर्फ राते काइँलाले म्युजिक भिडियोमा अभिनय गरेका छन् । चलचित्रमा भिलेनको रूपमा दर्शकको मन जितेका उनी म्युजिक भिडियोमा पनि उही भावको भूमिकामा देखिने भएका छन् । उनले अभिनय गरेको भिडियोको स्वर तथा टिजर सार्वजनिक गरिएको छ ।  ‘झ्याम पुतली’ बोलको हिपहप गीत साइक्लोनिक अर्थात् विधान रेशमी मगर र नेपालको फास्ट र्यापरको परिचय बनाएका बुलेट फ्लो अर्थात् सुरज विक्रम थापाले तयार पारेका हुन् ।

भिडियोमा इन्टा चाम्लिङ राईको कोरियोग्राफी रहने छ । नेपाली हिपहप जनरामा केही फरक गीत सहित यसको भिडियोलाई पनि विना सम्झौता तयार पारिएको  विधानले बताएका छन् ।

loading...
Please leave a comments
loading...