Logo
Logo

तीतो तर गुनिलो करेला औषधि युक्त

हाम्रो वरिपरि रहेका हरेक खाने चिजहरु कुनै न कुनै रुपमा औषधि युक्त हुन्छन् । त्यसलाई हामी कसरी ग्रहण गर्छौं भन्ने कुरा हो । मिलापको वैशाख अङ्कमा म तीतेकरेलाबारेमा केही जानकारी दिन गइरहेको छु । नाम नै तीतेकरेला नामअनुसार यसको स्वाद तीतो नै हुन्छ । तर, यो गुणहरुले भरिएको तरकारीमा पर्छ । वैज्ञानिक वर्गीकरणअनुसार, फूल फुल्ने वनस्पतिको समूहमा कुकुरबिटासी परिवारमा पर्छ यो । Momordica Charantia वैज्ञानिक नामबाट चिनिने तीतेकरेलालाई संस्कृतमा कंटफल, उग्रकाँड र हिन्दीमा करेला नै भनिन्छ । अङ्ग्रेजीमा भने यसलाई बिटरमेलन वा बिटरगोर्ड भन्ने गरिन्छ । हरियो र सेतो देखिने यो खनिज पदार्थयुक्त तथा औषधीय गुणले भरपूर तरकारी मानिन्छ । यो लहरामा फल्ने फल हो । यसमा रहेको Momordicin  नामक रासायनिक पदार्थले गर्दा यसको स्वाद तीतो हुने गर्दछ ।
आयुवेर्दिक चिकित्सामा तीतेकरेलालाई विभिन्न औषधिमा उपयोग गर्ने गरिन्छ । उच्च रक्तचाप, मधुमेह रोग, बाथको रोगका साथै विभिन्न रोग निदानका लागि समेत यसको प्रयोग गरिन्छ भने युनानी चिकित्साको दृष्टिमा यसले पिसाबको रोग निको पार्छ, मस्तिष्कलाई तन्दुरूस्त राख्दछ, आउँ र कफलाई राम्रोसँग निको पार्छ । पत्थरीको रोग, पक्षघात तथा बाथ रोगमा यसको उपयोगले राम्रो सघाउ पु¥याउँछ । रगतका लागि फलाम तथा हाड, दाँत, मस्तिष्क र अन्य शारीरिक अवयवका लागि फस्फोरसको अति आवश्यक हुन्छ । त्यसको आपूर्ति करेलाबाट लिन सकिन्छ । यसमा फस्फोरस, क्याल्सियम, प्रोटिन कार्बोहाड्रेट, रेशा र अन्य खनिज पदार्थ पाइने गर्दछ । १०० ग्राम तीतेकरेलामा भिटामिन ‘ए’ २१० मिलिग्राम, भिटामिन ‘बी’ ०.०७ मिलिग्राम रहेको हुन्छ । यसका अन्य गुणमा यसले कब्जियत, अरूचि हटाउने एवम् पाचन र मल निष्कासनलाई नियमित गर्दछ । त्यस्तै, दाद खजुली निस्किएको ठाउँमा करेलाको रस लगाइदिएमा धेरै राम्रो हुने गर्दछ ।

मधुमेहका रोगीले हरियो पातलाई टिपेर सलादजस्तै बनाई सेवन गरेमा मधुमेह नियन्त्रणमा सहयोग पुग्दछ । त्यस्तै, कम रक्तअल्पता हुने र कमजोरी व्यक्तिले तीतेकरेला नियमित सेवन गर्दा रिङ्गटा लाग्ने अथवा कमजोर महसुस हुने गरेको देखिन्छ । यस्ता व्यक्तिले करेला नियमित सेवन गर्नु हुँदैन । त्यस्तै, जुका परेमा तीन दिनसम्म १÷१ चम्चा करेलाको रस बिहान खाली पेटमा खाने गरेमा जुगा परेको नाश हुन्छन् । जन्डिस (कमलपित्तमा) एक चम्चा करेलाको रसमा आधा चम्चा हर्रोको धूलो मिसाएर बिहान–बेलुका खाने गरेमा दुई हप्तामै कमलपित्त रोग निको हुन्छ । उच्च रक्तचाप भएका बिरामीले बिहान तीतेकरेलाको जुस वा तरकारी खाएमा उच्च रक्तचापमा कम हुँदै जान्छ । तीतेकरेलाको हरेक भागजस्तै फल, पात, बियाँ, जरा आदि विभिन्न प्रकारका रोगको उपचारका लागि प्रयोग गरिएको पाइन्छ ।
यसको बियाँ पेटमा जुका लागेको खण्डमा तीतेकरेलाको बियाँलाई पिनेर सेवन गरेमा यसले पेटमा भएको जुकालाई बाहिर निकाल्न मद्दत गर्छ । साना केटाकेटीलाई झाडा वा बान्ता भइरहेमा तीनवटा करेलाको बियाँ र तीनवटा मरिच पिनेर धूलो गरी पानीसँग खुवाइदिएमा झाडा वा बान्ता रोकिन्छ । यसको पूmल ५० मिलिलिटर तीतेकरेलाको रसमा हिङ अलिकति मिसाएर खाएमा पिसाब सफा भएर निस्कन्छ । मधुमेह रोगीले तीतेकरेलाको धूलो बिहान–बेलुका एक–एक चम्चा खाएमा यसले इन्सुलिनको काम गर्छ ।

यसको पात पिसेर लेप बनाएर लगाएमा छालाको रोग निको हुन्छ । यस्तै आगाले पोलेको ठाउँमा लगाइदिँदा फाइदा गर्छ । तीतेकरेलाको पात आगोमा तताएर सिधेनुनसँग खानाअघि खाएमा अम्लपित्त रोगमा फाइदा गर्छ । त्यस्तै, वर्षायाममा हैजा लागेको शङ्का लागेमा वा हैजाको पहिलो चरणमा छ भने करेलाको रस वा पातको रस खाएमा फाइदा गर्छ । यसका लागि दुई चिया चम्चा रसमा त्यति नै मात्रा सेतो प्याजको रस मिलाई खानुपर्दछ । तीतेकरेलाको जरालाई पिसेर लेप बनाएर पाइल्समा लगाए यसले फाइदा गर्छ । तीतेकरेलाको जराको रसमा बराबर मात्रामा मह वा तुलसीको रस मिसाएर दिनहुँ राति एक महिना जति खाएमा श्वासप्रश्वाससम्बन्धी रोग जस्तै– चिसो लाग्ने, दम, ब्रोन्काइटिस, घाँटीको रोग आदिबाट मुक्ति पाउन सकिन्छ । यसरी यो स्वादमा तीतो भए पनि यो गुणैगुणले भरिएको तरकारी हो ।

loading...
Please leave a comments
loading...