Logo
Logo

बलिउड चलचित्र ‘वार’को अफिसियल पोस्टर सार्वजनिक

ऋतिक रोशन र टाइगर श्रोफ स्टारर बलिउड चलचित्र ‘वार’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा ऋतिक रोशन र टाइगर श्रोफका साथमा अभिनेत्री बाणी कपुरको ग्ल्यामर लुक्सलाई स्थान दिइएको छ । यस वर्षको बहुप्रतीक्षित चलचित्रको रूपमा लिइएको यस चलचित्रको केही दिन अघि रिलिज भएको टिजरले दर्शकलाई निकै कौतूहल बनाएको छ । बलिउडका दुई भिन्न समयका स्टारको सहकार्य यस चलचित्रमा ऋतिक र टाइगर बिचको युद्ध निकै रोचक हुने देखिएको छ । यसराज फिल्मसको प्रस्तुतिमा निर्माण भएको ‘वार’ असोज १५ गते विश्वभर एकसाथ प्रदर्शनमा आउँदै छ । आदित्य चोपडाको लगानी रहेको सिनेमालाई सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन् । चलचित्र तामिल, तेलगु र हिन्दी गरी तीन भाषामा प्रदर्शन हुने छ ।

loading...
Please leave a comments
loading...