Logo
Logo

अनमोलको ‘कृ’ ट्रेन्डिङको २ नम्बरमा

अनमोल केसी अनुपविक्रम शाही तथा अदिति बुढाथोकी अभिनीत चलचित्र ‘कृ’ इन्टरनेटमा रिलिज भएको छ । सुरेन्द्र पौडेल निर्देशित चलचित्रमा अनमोल अदिति बुढाथोकी, अनुप विक्रम शाहीका साथमा कामेश्वर चौरासिया, सरोज खनाल, रुपा राना, लक्ष्मी गिरी लगायतका कलाकारको अभिनय रहेको छ । करिब दुई वर्षको मेहनत पछि २०७४ माघमा रिलिज भएको ‘कृ’ले व्यावसायिक हिसाबले सफलता हात पारेको थियो । चलचित्रमा अनुपले ‘निगम बाबा’को भूमिका निभाएका छन् जसले दर्शकको मन जितेको थियो ।

शुक्रवार युट्युबमा रिलिज भएको ‘कृ’ यति बेला ट्रेन्डिङको २ नम्बरमा पर्न सफल भएको छ । रिलिजको २४ घण्टा नपुग्दै चलचित्रलाई एघार लाख ३० हजार बढिले हेरिसकेका छन् भने पैँतालिस सय बढिले प्रतिक्रिया दिएका छन् । अधिकांशले चलचित्र राम्रो लागेको प्रतिक्रिया दिएका छन् ।

loading...
Please leave a comments
loading...