Logo
Logo

ह्योल्मो भाषाको चलचित्र ‘मेतोक’को अफिसियल ट्रेलर सार्वजनिक

ह्योल्मो भाषाको चलचित्र ‘मेतोक’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ठिलेन इन्टरटेनमेन्टको प्रस्तुति तथा ठिलेन लामाको निर्देशनमा निर्माण भएको चलचित्र अल्पसंख्यमा रहेको ह्योल्मो जातिको भाषा र कथामा आधारित छ । सार्वजनिक ट्रेलरमा ह्योल्मो संस्कृति र एक प्रेम कथालाई प्राथमिकता दिइएको छ । ठिलेन लामा ,ओमु निमा डोल्मा लामा ,दावा दोर्जे लामा, डोमा ह्योल्मो ,छेम्बेल ह्योल्मो ,भीम ज्याबा ,कान्छीमाया ह्योल्मो ,पेमा ह्योल्मो लगायत कलाकारको अभिनय रहेको चलचित्रलाई सर्किनी ज्याबा ह्योल्मोले निर्माण गरेकी हुन् । यति बेला पोस्टप्रोडक्सनको काम भइरहेको चलचित्रमा राम कुमार के.सी.को छायाङ्कन, निर्देशक लामाको कथा र आगत के।सीको पटकथा तथा संवाद रहेको छ । चलचित्रको छिट्टै नै रिलिज मिति तोकिने निर्माण पक्षले बताएको छ ।

loading...
Please leave a comments
loading...