Logo
Logo

९२औं अस्कर अवार्डमा सहभागी हुन आह्वान

सन् २०२० फेब्रुअरी ९ मा हुने ९२औं अस्कर अवार्डमा सहभागी हुन नेपाली फिल्म निर्माताहरुलाई आह्वान गरिएको छ । अस्करका लागि सहभागी हुन अन्तर्राष्ट्रिय फिचर चलचित्र समिति नेपालले फिल्मको सूची बुझाउन आह्वान गरेको हो ।

अवार्डमा सहभागी हुन चाहने नेपाली फिल्म निर्माता तथा निर्देशकले आफ्नो फिल्म यही अगस्ट ३० अर्थात भदौ १३ गते शुक्रबार दिउँसो २ बजेसम्ममा बुझाई सक्नुपर्ने छनोट समितिले जनाएको छ ।

प्रतिस्पर्धामा भाग लिन चाहने फिल्म निर्माताले २०७५ असोज १५ गतेदेखि २०७६ भदौ १३ गतेसम्म प्रदर्शनमा आएका फिल्म सहभागी गराउन पाउनेछन् । यससँगै फिल्महरु सार्वजनिक सिनेमाघरमा कम्तिमा सात दिनसम्म प्रदर्शनमा आएको प्रमाणित हुनुपर्ने छ ।

सहभागी हुन इच्छुकले अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल), काठमाडौंलाई तोकिएको मापदण्ड पुर्‍याई सम्पूर्ण विवरण बुझाउनु पर्नेछ, वा इमेल गर्नुपर्नेछ ।

अस्करमा सहभागिताका लागि दरखास्तसहित निम्न कागजात र तिनका सफ्टकपी संलग्न गर्नुपर्ने छ :-

  • फिल्मका निर्देशक, निर्माता, कलाकार तथा सम्पूर्ण प्राविधिकहरूको नामावली अंग्रेजी अनुवादसहित। (क्रेडिट टाइटल्स् पर्दामा देखिनेगरी क्रमबद्ध) फिल्मको संक्षिप्त सारांश अंग्रेजी भाषामा लेखिएको हुनुपर्ने ।
  • निर्देशकको फोटो सहितको फिल्मोग्राफी ।
  • फिल्म प्रदर्शन गराउँदा उक्त फिल्म सात दिनभन्दा बढी चलचित्रघरमा सार्वजनिक प्रदर्शन भएको प्रमाणित गर्ने समाचार तथा सञ्चार माध्यमहरूमा छापिएका विज्ञापनका कटिङहरू ।
  • सम्बन्धित फिल्मका ३ देखि ५ वटा स्थीर तस्बिर फिल्म रिलिज हुँदाको पोस्टर तथा फिल्मको डिजिटल कपी
    ‘द एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड् साइन्स’ द्वारा अयोजना हुने अवार्ड कार्यक्रम अमेरिकाको लस एन्जेलस्थित डल्बी थिएटरमा हुनेछ ।
loading...
Please leave a comments
loading...