Logo
Logo

चलचित्र ‘हजार जुनी सम्म’ एक गीत सार्वजनिक

यति बेला हलमा आर्यन सिग्देल, श्वासतिमा खड्का स्टारर चलचित्र ‘हजार जुनी सम्म’ प्रदर्शन भइरहेको छ । गत बिहीबारबाट प्रदर्शनमा आएको यस चलचित्रको एक गीत सार्वजनिक भएको छ । चलचित्रका मुख्य अभिनेता आर्यन सिग्देल र नायिका प्रियंका कार्कीलाई फिचर्ड गरिएको ‘तिम्रो मायामा भुलेर’ बोलको गीत आइतबार इन्टरनेटमा रिलिज गरिएको हो । सुगम पोखरेलको स्वर, प्रवीण पौडेलको सङ्गीत र मानस विक्रम थापाको शब्द रहेको रोमान्टिक गीत आर्यन र प्रियंकाको प्रेम देखाइएको छ । गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

विकाशराज आचार्यले निर्देशन गरेको चलचित्रमा आर्यन र प्रियंकाका साथमा स्वस्तिमा खड्का, सञ्चिता लुइँटेल, सलोन बस्नेत, अखिलेष प्रधान लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । ‘हजार जुनी सम्म’मा विकास र सामिप्याराज तिमिल्सिनाको पटकथा तथा संवाद रहेको छ ।साथमा पुरुषोत्तम प्रधानको छायाङ्कन र अर्जुन जिसीको सम्पादन रहेको छ ।

loading...
Please leave a comments
loading...