Logo
Logo

सुशीलको ‘बादशाह जुट’को पोस्टर सार्वजनिक

चलचित्र ‘बादशाह जुट’को अफिसियल पोस्टर र रिलिज डेट सार्वजनिक भएको छ । कार्तिक १ लाई रिलिज मिति तोक्दै चलचित्र निर्माण पक्षले सार्वजनिक गरेको पोस्टरमा सुशीलसँगै अभिनेता रोबिन तामाङ पनि फिचर्ड  छन् । सुशीललाई बादशाह गेट अपमा देखाइएको छ भने यी दुई चलचित्रमा बादशाहको भूमिकामा हुनसक्ने अनुमान पनि लगाउन सकिन्छ । अघिल्लो वर्षको पुसमा नै रिलिज हुने भनिएको चलचित्रले प्रदर्शनको तयारी गर्न १० महिना लगायो । जोनी सिंह राणाले निर्देशन गरेको चलचित्रमा आमिर गौतम, रोषी खड्का, केइषा रावत, रश्मि तामाङ, दीपक क्षेत्री र कमलमणि नेपालको पनि मुख्य भूमिका रहेको छ साथमा अभिनेत्री प्रियंका कार्कीले अतिथि भूमिका निभाएकी छिन् ।

‘बादशाह जुट’ मा निर्देशक राणाकै कथा रहेको छ भने हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिकी)ले लगानी गरेका छन् । एच एण्ड बी फिल्मको प्रस्तुतिमा गोल्डेन ग्राफिक्स फिल्मस् एण्ड इन्टरटेनमेन्टले सहकार्य गरेको चलचित्रमा कृष्ण भारद्वाजकोशिस क्षेत्रीको सङ्गीत, विक्रम स्वाँरको कोरियोग्राफी,  राजकुमार उप्रेतीको छायाङ्कन, राजु कार्कीको छायाङ्कन र दीर्घ खड्काको सम्पादन छ ।

loading...
Please leave a comments
loading...