Logo
Logo

एक वर्षमा ५ करोड भ्युअर्स महेशको ‘नाच फिरिरि’लाई

महेश काफ्ले र मेलिना राईको गीत ‘नाच फिरिरि’ले रिलिज भएसँगै दर्शकको माया र साथ मनग्गे पायो । गायक महेश काफ्लेकै सङ्गीत र शब्द रहेको गीतले रिलिज भएसँगै कीर्तिमान राख्न सफल भएको थियो । गीतले युट्युबमा अपलोड भएको ३७ दिनमै एक करोड भ्युअर्स पाएको थियो र सबैभन्दा छोटो समयमा ‘नाच फिरिरि’ एक करोड पटक हेरिने गीतको सूचीमा परेको थियो । त्यस अघि सर्वाधिक हेरिएको गीत ‘कुटुमा कुटु’ ले ४९ औँ दिनमा मात्र करोड क्लबको खाता खोलेको थियो । गीतको भिडियोमा स्वस्तिमा खड्का र निश्चल बस्नेत फिचर्ड छन् भने भिडियोलाई निश्चल स्वयमले निर्देशन गरेका हुन् । गीतले सार्वजनिक भएको एक वर्षमा फेरी अर्को रेकर्ड राख्न सफल भएको छ । २०७५सालको साउन दोस्रो हप्ता सार्वजनिक भएको गीतले एक वर्षमा ५ करोड भ्युअर्स बनाउन सफल भएको छ ।

सर्वाधिक हेरिएको गीत ‘कुटुमा कुटु’कै टिमले निर्माण गरेको यस गीत लाई दर्शक श्रोताले निकै रुचाएका छन् । काफ्ले ‘सौताको छोरो’, ‘जुवा तासैले’, ‘सडक बालक’ ‘सौतेनी आमा’ जस्ता सामाजिक सन्देशमूलक गीत गाएर लोकप्रिय भइसकेका बाल गायक हुन् ।

loading...
Please leave a comments
loading...