Logo
Logo

सुमिता राईको एकल एल्बम ‘सगुन’ सार्वजनिक

गायिका सुमिता राईको एकल एल्बम ‘सगुन’ सार्वजनिक भएको छ । बरिष्ठ निर्देशक प्रकाश सायमी प्रमुख अतिथि तथा शिला बहादुर मोक्तान र कुन्ती मोक्तान बिशेस अतिथ्यतामा राजधानीमा एक कार्यक्रमबीच एल्बम सार्वजनिक गरिएको हो ।

एल्बममा रहेका गीतमा मुकेश राई, प्रतिक चामलिङ, निर्मल परिबेश राई र कुमार बिबाहितको शब्द, बिक्रम राई, मन थुलुङ राई, पुजन लोहगन, कुमार बिबाहित र शिलाबहादुर मोक्ताको सङ्गीत तथा संजय हमाल, शिलाबहादुर मोक्तान, रिदन कंडेल, फणिन्द्र राई, हरि लम्शाल र पुरुसोत्तम सुबेदीको एरेञ्ज रहेको छ ।

एल्बम रहेको ‘हरेक साँझ ‘नामक गीतलाई रोमान्टिक शैलीमा गोबिन्द राईले निर्देशन गरेका छन् । गीतको भिडियोमा गायिका सुमिता राई र खरुन राई फ़िचर्ड छन् ।

उमिशा पाण्डेको मेकअप,दीपेन्द्र बस्न्यातको छायांकन र सम्पादन रहेको गीतको भिडियोलाई खरुन राईले निर्माण गरेका हुन् ।

loading...
Please leave a comments
loading...