Logo
Logo

सुभास सुन्दासको नयाँ गीत ‘सुरुवात’ बजारमा

गायक सुभास सुन्दासको नयाँ गीत ‘सुरुवात’ बजारमा आएको छ। गीतमा सुन्दाससँगै रामु परियारको आवाज सुन्न सकिन्छ।

गायकद्वय सुन्दास र परियारकै शब्द रहेको गीतमा रामुकै सङ्गीत छ। सार्वजनिक गीतको भिडियोमा गायकद्वयसहित वैवाहिक बन्धनमा बाँधिएका दर्जन जोडीको अभिनय प्रस्तुत गरिएको छ।

गीति एल्वम ‘उड्न देउ’मार्फत नेपाली सङ्गीत क्षेत्रमा प्रवेश गरेका सुन्दास यसअघि ‘माया हो’बोलको गीतमा अभिनय गर्दै दर्शक स्रोतामाझ प्रस्तुत भएका थिए।

६ वर्षयता स्विट्जल्याण्डमा बस्दै आएका सुन्दास गिटार बाधक पनि हुन्।

loading...
Please leave a comments
loading...