Logo
Logo

‘ए मेरो हजुर ४’को निर्माण प्रक्रिया सुरु

चलचित्र ‘ए मेरो हजुर ३’को सफलता पछि निर्माता तथा निर्देशक झरना थापाले चलचित्र  ‘भागवत गीता’ निर्माणको घोषणा गरेकी थिइन् । तर व्यावसायिक सफलता हात पारेको ‘ए मेरो हजुर ३’लाई नै निरन्तरता दिन वितरहरुले गरेको आग्रहलाई स्विकार्दै उनी ‘ए मेरो हजुर ४’ बनाउने तयारीमा लागेकी छिन् । झरनाले ‘भागवत गीता’मा सुहाना र अनमोललाई नै लिने पक्का गरिसकेको थिइन् तर अनमोल आफ्नै होमप्रोडक्सनमा निर्माण हुने चलचित्र ‘एन्टी हिरो’मा काम गर्ने तयारीमा रहे पछि ‘भागवत गीता’ लाई थाती राखिएको हो । ‘ए मेरो हजुर ४’मा पनि नायिकाको रूपमा सुहाना थापा नै हुनेछिन् भने नायकको टुङ्गो लागिसकेको छैन ।

आगामी वर्षको दसैँमा रिलिज हुने गरी ‘ए मेरो हजुर ४’को निर्माण प्रक्रिया सुरु गरेको निर्माता सुनिलकुमार थापाले बताएका छन् । अब अनमोल र सुहानाको जोडी बाँधिने ‘भागवत गीता’ भने अलि पर नै सरेको छ तर यो चलचित्र प्रदर्शनमा आएपछी अनमोलको समय अनुसार ‘भागवत गीता’ निर्माण हुने बुझिएको छ ।

loading...
Please leave a comments
loading...