Logo
Logo

“लभ यू” को फर्स्ट लुक पोस्टर सार्बजनिक

युट्युब मार्फत प्रसारण हुने वेब सिरिजहरूले दर्शकको मन जित्न थालेका छन् । टेलिभिजनमा टेलिश्रृंखलाका रूपमा प्रसारण भैरहेका सामग्रीहरू अहिले युट्युबमा वेब सिरिजका रूपमा प्रसारण हुन थालेका हुन् । यसबीच Channel 4 TV र MB Creation को युट्युबबाट चाढै नै एउटा नयाँ वेब सिरिजको प्रसारण प्रारम्भ हुने भएको छ ।

सामाजिक कार्यमा सक्रिय र युवा अवस्थाको प्रेमलाई लछित गरेर  MB Creation को युट्युब च्यानलबाट प्रसारण हुने नयाँ वेब सिरिजको शीर्षक हो— “LOVE  YOU” । उक्त वेब सिरिज मनोज बिष्टले निर्देशन गर्ने भएका छन् भने मन्दिप गौतमले कथा लेखन गरेका छन् ।

उक्त वेब सिरिजमा रबिन बिष्ट ,सरिता थापा ,दिव्य दाहाल ,सुमन घिमिरे , दीपिका दाहाल,प्रवेश दाहाल लगायत थुप्रै कलाकारहरुले प्रस्तुत गर्नेछन  । निर्देशक विष्टका अनुसार प्रत्येक वेब सिरिजको नयाँ श्रृंखला मंगलबार Channel 4 TV बाट  प्रसारण  र MB Creation को युट्युब च्यानलमा अपलोड हुनेछ ।

loading...
Please leave a comments
loading...