Logo
Logo

सन्तोषको निर्देशनमा समीपको ‘चल न माया चल’ मा सुन्दर र जुनाको ठुम्का सार्वजनिक

कृष्ण समीप सुवेदीको ‘चल न माया चल’ बोलको गीत सार्वजनिक गरिएको छ। शुक्रबार गायक समीपको गीत युट्युबमार्फत् सार्वजनिक गरिएको हो। गीतमा विभिन्न क्षेत्रको सांस्कृतिक परम्परा र परम्परागत शब्दहरुलाई समेट्ने प्रयास गरिएको उक्त गीतका शब्द संकलक र संगीतकारसमेत रहेका गायक समीपले बताए।

भिडियो निर्देशक सन्तोष राजबाहकले गीत अनुसार भिडियो उत्कृस्ट बनाएका छन् । सन्तोष पछिल्लो समय सम्भावना बोकेको निर्देशकको रुपमा उदाई रहेका छन् ।

सुदूरपश्चिम क्षेत्रमा ‘चल न माया चल’ को अर्थ जाउँ न माया जाउँ हुने उनले बताए। थुप्रै चर्चित गीतहरुका सर्जकसमेत रहेका कृष्ण समीपको ‘शिरशिर बतास, मेरो हितैको मायालु कुन्नी कता छ’ गीत अझै पनि धेरैको स्मरणमा रहेको छ।

भिडियोमा सुन्दर र जुना सुन्दासलाई फिचरिङ गरिएको छ। ज्ञानेन्द्र शर्मा हुमागाईँको छायांकन रहेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन्।

loading...
Please leave a comments
loading...