Logo
Logo

सुर साधनाको १७औ श्रृङ्खला सम्पन्न

वाद्यवादन तथा गीत संगितको प्रस्तुती सँगै सुर साधनाको १७औ श्रृङ्खला सम्पन्न भएको छ । काठमाडौंको जमल स्थित साँस्कृतिक संस्थान, राष्ट्रिय नाचघरमा आइतबार भएको १७औ श्रृङ्खलामा एन्जेला सिहं श्रेष्ठ, नरसिहं लालश्रेष्ठ, लोकराज राई , अनुप दास, दुर्गाप्रसाद खतिवडा, रोहित सुवेदी, सीतामैयाँ राजचला, नरेश प्रजापति , तेजु श्रेष्ठ, शिला विष्ट , विपिन घिमिरे लगायतबाट गायन , तथा शास्त्रीय वाद्यवादनको प्रस्तुति भएको थियो ।


साँस्कृतिक संस्थानका निमित्त महाप्रवन्धक एवमं कलाकार खर्क बहादुर बुढाथोकीको सभापतित्वमा भएको श्रृङ्खलामा सुप्रशिद्ध गायक प्रेमध्वजप्रधान , सुप्रशिद्ध चलचित्रकर्मी चेतनकार्कीले साँस्कृतिक संस्थानले कलाकारहरुलाई हौसला दिनको लागि खेलिरहेको भूमिकाको प्रशंसा गर्दै नेपालमा कलाकारको सम्मान र अवसरको लागि अहिले भन्दा पनि फराकिलो वातावरण बनाउनको लागि जोड दिनु भएको थियो ।
१७औ श्रृङ्खलाका कार्यक्रमको संचालन कवि रामगोपाल आशुतोषले गर्न भएको थियो ।

loading...
Please leave a comments
loading...